पर्वतका लागि उडेका देउवा सवार हेलिकोप्टर गोरखामा फोर्स ल्यान्डिङ गर्नुको कारण


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ।

पालुङटार नगरपालिकाको हर्नी र आँपपिपल क्षेत्रमा हेलिकप्टरलाई फोर्स ल्यान्डिङ गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। यसको कारण भने खराब मौसमा रहेको उनको कथन छ।

देउवाका साथ गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि थिए। तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृतिमा आयोजित कार्यक्रमका लागि देउवा पर्वत जाँदै थिए।

प्रतिक्रिया