बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, ५ को अवस्था गम्भीर


काठमाडौँ- बुटवलमा जंगली च्याउ खाएर ६ जना बिरामी भएका छन्। त्यसमध्ये ५ जना बेहोस अवस्थामा छन्। बुटवल उपमहानगरपालिका १२ नयाँगाउँका २८ वर्षकी रिना विक, २८ वर्षीया कमला विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ८ वर्षकी बालिका सप्रिया विकलाई अस्पताल लगिएको छ। उनीहरु सबै बेहोस छन्।

५० वर्षीय हुमबहादुर विक पनि बिरामी छन्। च्याउ खाएर बिरामी परेपछि आज बेलुका पौने ९ बजे उनीहरुलाई आफन्तले लुम्बिनी प्रादेशिक अस्पतालमा लगेका थिए।

प्रतिक्रिया