
मध्यविन्दुका तीनवटा खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं- नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको वडा नम्बर १औ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए।
उनकाअसार अहिले सडक खुलाउने प्रयास जारी छ। तर अविरल वर्षाका कारण काम गर्न असहज भएको उनले बताए।
‘चिनियाँहरू मेसिनसहित पुगेको छ। बाढी ठुलो छ। पानी निरन्तर परिरहेको छ। काम गर्न असज छ। तर सडक खुलाउने प्रयास जारी छ,’ उनले भने। बाढीले डाइभर्सन बगाएपछि दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ ।



कागजपत्र |
