


पहिरोले तानसेन–तम्घास सडकखण्ड अवरुद्ध

काठमाडौं- पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ। गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ।

