कैलाली र कन्चनपुरमा भारी वर्षा जारी, विशेष सतर्कता अपनाउन विभागको आग्रह


काठमाडौं- सुदूरपश्चिमको कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ। बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ। नदी तटीय क्षेत्र र होचा
डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ।

प्रतिक्रिया