
युक्रेनको खाद्य सुुरक्षामा रुसी आक्रमण, जीसेभेनको भर्त्सना
जर्मनी – धनी राष्ट्रहरूको समूह ग्रुप सेभेन (जी७)का नेताहरूले रुसलाई युक्रेनी ब्ल्याक सी बन्दरगाहहरूमा नाकाबन्दी हटाउन र विश्वव्यापी खाद्य असुरक्षामा योगदान गर्ने खालका कार्यहरू बन्द गर्न आह्वान गरेका छन् ।
रुसले ब्ल्याक सी बन्दरगाहहरूमा आक्रामक रूपमा नाकाबन्दी गरेपछि विश्वका ३२३ मिलियन मानिसलाई खाद्यान्न संकट पर्ने देखिएको छ ।
यता रुसले युक्रेनस्थित क्रेमेन्चुकको एक भिडभाडयुक्त किनमेल केन्द्रमा मिसाइल प्रहार गरेको छ । जसमा मर्नेको संख्या १८ पुगेको छ भने ५९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई ‘युरोपेली इतिहासको सबैभन्दा डरलाग्दो आतंककारी हमलाहरूमध्ये एक’ भनेर वर्णन गरेका छन् र रुस विश्वको सबैभन्दा ठूलो आतंकवादी संगठन भएको दाबी गरेका छन् ।
पश्चिमी राष्ट्रका नेताहरूले आक्रमणको निन्दा गरेका छन् र यसलाई दुःखदायक, हिंसक र भयानक भन्दै टिप्पणी गरेका छन् । उनीहरूले रुसलाई उक्त कार्यका लागि जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले रुसले सर्वसाधारणलाई लक्षित गरी क्रेमेन्चुकमा गरेको हमलालाई केन्द्रबिन्दु बनाइ आपत्कालीन बैठक बोलाउने भएको छ ।
यसैगरी, रुसी सेनाले दक्षिण र दक्षिण पश्चिमबाट लिसिचान्स्क सहरमा हमला गरिरहेका छन् । त्यस दिशाबाट सहरलाई रोक्न खोजिरहेको र साथै डोनेत्स्क क्षेत्रमा यातायात बन्द गर्न खोजिरहेको लुहान्स्कका गभर्नरलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । एजेन्सी



कागजपत्र |
