देशभर थप ४४ जनामा कोरोना पुष्टी, १७ जना संक्रमणमुक्त


काठमाडौं – देशभर गत २४ घन्टामा थप ४४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २७९८ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या २२९ पुगेको छ ।

नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

No photo description available.

प्रतिक्रिया