

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीकाे लागुऔषध नष्ट

म्यामारमा मेथाम्फेटामाइन र्कीतिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ । लगभग दुई टन हेरोइन र ६३० मिलियन भन्दा बढी याबा मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य सहर र उत्तरमा सान राज्यमा विविध समारोहबीच जलाएर नष्ट गरिएको अधिकारीहरू जनाएका छन् ।
राष्ट्रसंघका अनुसार म्यानमारको सान राज्य लागु औषध मेथका लागि दक्षिणपूर्वी एसियाको प्राथमिक स्रोत हो । विद्रोहीको केन्द्र मानिने उक्त राज्यमा बारम्बार हिंसा हुने गरेका छन् । तर, गत वर्ष म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि अपेक्षाकृत रूपमा त्यहाँ कम हिंसा भएको छ ।
लागुऔषध नष्टले म्यानमारको अर्बौं डलर बराबरको लागुऔषध उद्योगको बारेमा ‘दशक लामो भ्रम’को प्रतिनिधित्व गर्ने स्वतन्त्र विश्लेषक डेभिड म्याथिसन बताउँछन् ।

