कोटेश्वरमा तीन वटा सवारी एकापसमा ठाेक्किँदा एक जनाको मृत्यु


काठमाडाैं – राजधानीको कोटेश्वरमा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ट्रक र माइक्रोबस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार प्रदेश २-००६ ख ०२९५ नम्बरको ट्रक र बा २ ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको हो।  ठोक्किएपछि भक्तपुर-रत्नपार्क रुटमा गुड्ने माइक्रोबस क्षतिग्रस्त बनेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको थेलचोङ घर भएका ५२ वर्षीय देवकुमार सेन रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मुत्यु भएको हो ।

दुर्घटनापछि माइक्रो चालक फरार रहेका छन् भने सहचालक २३ वर्षीय विमल कुमार सुनारको उपचार भइरहेको छ।

प्रतिक्रिया