


पर्यटनमन्त्री श्रेष्ठद्वारा पदबहाली, स्वयम्भु-हनुमानढोका सम्पदा मार्ग निर्माणकार्य अघि बढ्ने

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गर्दै दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
मन्त्री श्रेष्ठले सोमबार सपथपछि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच पदबहाली गरेलगत्तै स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेटसमेत छुट्याएको छ ।
त्यस्तै मन्त्री श्रेष्ठले यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेका छन् । यस
सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।

