


काठमाडौँ उपत्यकामा फैलँदै छ हैजा : अहिलेसम्म १२ जनामा हैजा पुष्टी

काठमाडौँ – आइतबार थप तीन जनासहित काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका निर्देशक डा. चुमनलाल दासका अनुसार आइतबार थपिएका तीन जनामध्ये दुई जना पाटन अस्पतालमा र एक जना स्टार अस्पतालमा उपचाररत छन्।
महाशाखाका अनुसार यसअघि बागबजार, सानेपा, थानकोट, नैकाप, बल्खु, बालाजु र डिल्लीबजारमा हैजाको जीवाणु फेला परेका छ। यस्तै हैजाको जीवाणु फेला परेका १२ जनामध्ये ५ जना अस्पतालबाट घर फर्किसकेका छन्।
हैजाबाट बच्न जथाभावी खानेकुरा नखाने, पानी उमालेर मात्र खाने, हातको सरसफाइ राम्रोसँग गर्न चिकित्सकहरुले सुझाव दिएका छन्। यस्तै उपत्यकामा हैजाका बिरामी फेला पर्न थालेसँग नेपाल खानेपानी संस्थान, स्वास्थ्य मन्त्रालय, खाद्य तथा गुण नियन्त्रण विभाग, खानेपानी तथा सरसफाइ अभियान, काठमाडौँ महानगरपालिका, उपत्यकाका तीनवटै स्वास्थ्य कार्यालयहरुले संयुक्त रुपमा खानेपानी र खाद्यान्नको गुणस्तर जाँच गर्ने कामहरु भइरहेका छन्।

