
खेलकुदको नियम राजनीतिमा लागू हुनुपर्छ : प्रदिप
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले खेलकुदको नियम र मापदण्ड राजनीतिमा पनि लागू गर्नु पर्ने धारणा राखेका छन् ।
नेपाल विधार्थी संघ, काठमाण्डौं ईन्जिनियरिङ् कलेज कालिमाटीले आयोजना गरेको एनएसयु –क्रिक्सल कम २’ प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडल, शिल्ड र प्रमाण पत्र बितरण गर्दै नेविसंघका पूर्वअध्यक्ष पौडेलले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेविसंघ निवर्तमान महामन्त्री एबम् पार्टी महासमिति सदस्य बलदेव तिमल्सिनाले ईन्जिनियरहरू देशको मेरुदण्ड भएकाले राजनीतिको अग्रभागमा आएर देशको समृद्धि, उन्नति र पुर्बाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य मधु श्रेष्ठ, सोही कलेका पुर्व स्ववियु उपसभापति ई. दिपेन्द्र क्षेत्री, नेता प्रकाश केसी लगायतले खेलकुद विकास र कार्यक्रममा सक्रिय भएको बताए ।
नेविसंघ अध्यक्ष रविनराज गौतम र उपाध्यक्ष रिवाज अधिकारीले सहभागी सम्पुर्ण लाई धन्यवाद दिएको सो कार्यक्रममा पुरुष तर्फ कम्प्युटर चौथो वर्ष र महिला तर्फ सिभिल इन्जिनियरिङ चौथो वर्षका महिला विजयी भएका थिए ।



कागजपत्र |
