
रुसले बेलारुसलाई पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने
रुस – रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
उनले इस्कान्डर-एम नामक उक्त प्रणालीले ूपरम्परागत र पारमाणविक दुवै प्रकारका बलिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्न सक्नेू बताए।
त्यस्ता प्रणालीहरूको मार हान्ने क्षमता ५०० किलोमिटर टाढासम्म छ। गत फेब्रुअरीमा २५ मा राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेपछि रुस र पश्चिमा देशहरूबीच तनाव बढेको छ ।
पुटिनले त्यतिबेलादेखि नै थुप्रै सन्दर्भमा पारमाणविक अस्त्रका बारेमा बोलेका थिए जसलाई केहीले पश्चिमी देशलाई हस्तक्षेप नगर्न दिइएको चेतावनीको रूपमा व्याख्या गरेका छन्। पुटिनले सेन्ट पिटर्सबर्गमा रुसले बेलारुसी लडाकु विमानहरूलाई पारमाणविक अस्त्र बोक्न सक्ने गरी परिमार्जन गर्न मद्दत गर्ने पनि बताए।



कागजपत्र |
