रविभवनमा बससँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


काठमाडौं- कालिमाटी–कलंकी सडकखण्डको रविभवनमा एउटा मोटरसाइकल अनियन्त्रित भई बसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परी चालकको ज्यान गएको छ

बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दूतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दूतराजले चलाएको मोटरसाइकल अनियन्त्रित हँदा दुईवटा बसमा ठोक्किन पुगेको थियो। अनुसन्धानका लागि दुईवटै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया