इरानसँगको आणविक वार्ता पुनः केही दिनमा सुरु हुने


काठमाडाैं – इरानसँगको आणविक सम्झौतालाई पुनर्जीवन दिने विषयमा वार्ता केही दिनमा पुनः सुरु हुने भएको छ । युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार तेहरानको भ्रमणका क्रममा सो कुरा बताएका हुन्।

आणविक हतियार नियन्त्रणका लागि भएको संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) लाई संकेत गर्दै बोरेलले इरानको राजधानी तेहरानमा आयोजित पत्रकार भने, ‘हामी जेसीपीओएबारे आगामी दिनमा वार्ता पुनः सुरु गर्नेछौं। लामो गृहकार्यपछि इरानले सम्झौताका लागि वार्तामा बस्न तयार भएको हो ।

अमेरिकासहितका विश्वका छ शक्ति राष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपछि इस्लामिक गणतन्त्र इरान पनि उक्त सम्झौताबाट फिर्ता भएको थियो ।

वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ भएको बताउँदै यसबाट पछि नहट्ने जनाएको थियो ।

तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा गरिएको सम्झौताप्रति वर्तमान् जो बाइडेन प्रशासन लचक देखिएको छ ।

प्रतिक्रिया