देउवाले पार्टीमा छलफल नगरी भ्रातृसंस्थामा मनोनयन गरेपछि शेखर समूहको आपत्ति


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी दुई भ्रातृसंस्थाको अध्यक्ष मनोनयन गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ।

शुक्रबार सभापति देउवाले किसान संघ अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई मनोनीत गरेका थिए। यस विषयमा शेखर पक्षसँग कुनै आवश्यक परामर्श र सरसल्लाह नगरेको शेखरको सचिवालयले जनाएको छ।

यसअघि देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष मनोनयनमा एकलौटी गरेका थिए। उक्त मनोनयनका विरुद्ध शेखर समूहले असन्तुष्टि जनाएपछि देउवाले सरसल्लाहमै बाँकी भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको नेतृत्व मनोनयन गर्ने बताएका थिए।

 

प्रतिक्रिया