सोमालियाका राष्ट्रपति कोभिड संक्रमित


काठमाडाैं – सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।’

‘जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।’ छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् ।

प्रतिक्रिया