नेप्से १३ अंकले बढ्याे, सेयर बजारमा सुधारकाे संकेत


काठमाडाैं – अन्दोलनरत लगानीकर्ताहरुको माग पुरा हुने भएपछि शुक्रबारको सेयर कारोबारमा सुधार देखिएको छ । लामाे समयदेखि घटिरहेको सेयर बजार आज भने सामान्य बढेको छ । शुक्रबार नेप्से सूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेको हो ।

आज २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर किनबेच भएर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार भएका १३ वटा उपसुचक मध्ये १२ वटा उपसमुहको सूचक सकारात्मक भएका छन् ।

म्युच्युअल फण्ड बाहेक सबै उपसमुहको सूचक सकारात्मक भएका हुन् । फाइनान्स उपसमुहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढ्दा म्युचुअल फण्ड उपसमुहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आज कुमारी बैंक शिर्ष स्थानमा रहेको छ । कुमारी बैंकको ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै ङादी ग्रुप पावरको पनि ६ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया