काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि, शङ्कास्पद थप स्थान निगरानीमा


काठमाडौं – काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा। चुमनलाल दासले बताए।

त्यसबाहेक काठमाडौंकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एकरएकजना बिरामी भेटिएको उनले जानकारी दिए। डा। दासका अनुसार भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

हैजा कसरी भयो ?
फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको डा. दासले बताए।

‘बागबजारका बिरामीको हकमा उहाँहरूले खाने पानीको जाँच गर्दा झाडा पखाला गराउने ईकोलाइ र कोलिफर्म दुइटै जीवाणु देखियो,’ उनले भने।

‘उहाँहरूले घरमा धारा र ट्युबवेलको पानी जम्मा गर्नुहुँदो रहेछ अनि पानी सीधै ‘नउमाली अथवा पानी शुद्धीकरण गर्ने कुनै विधि नअपनाईे खानुहुँदो रहेछ।’

सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखिएको बताउँदै डा. दासले थपेः ‘दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ।’

सन् २०१५र०१६ यता काठमाडौं उपत्यकामा हैजाका बिरामी फाटफुट देखिने गरेको उनले बताए।

नियन्त्रणका लागि के गरिँदैछ ?
हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूले छानबिन टोली गठन गरेको छ।

छ सदस्यीय टोलीले काम पनि थालिसकेको त्यसका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीले बीबीसीलाई बताए।

अधिकारीले भने, ‘प्रारम्भिक नतिजा हेर्दा उहाँहरू ‘हैजा पुष्टि भएका बिरामीहरूे ले खानयोग्य पानी नखाएको पाइएको छ। हामीले पानीका थप नमुना लिने काम पनि गरिरहेका छौँ।’

‘शङ्कास्पद केसको हामीले निगरानी गरिरहेका छौँ र परीक्षण गरिरहेका छौँ।’ डा. दासका अनुसार निगरानी गर्ने र नमुना लिने काम निरन्तर भइरहेको छ।

उनले भने, ‘अस्पतालले रिपोर्ट गर्नेबाहेक ठूला अस्पताल तथा स्वास्थ्य चौकीमा आफैँ पुगेर अनि नगएको दिन फोनमार्फत् निगरानी गर्ने काम एप्रिलदेखि नै गरिरहेका छौँ। अहिले हामी थप चनाखो भएका छौँ।’

काठमाण्डूका अन्य ठाउँमा पनि हैजा फैलिएको हुन सक्ने डा. दासको अनुमान छ।

‘झुपडी बस्तीहरू हैजाका लागि सम्भावित ठाउँ हुन सक्छन्। त्यो भएर हामीले वाग्मती नदी किनारका सुकुम्बासी क्षेत्रलाई लिएर चनाखो भएका छौँ,’ उनले थपे।

हैजाबारे सचेतना फैलाउने काम तथा पानी आपूर्ति गर्ने सरकार निकायका साथै निजी कम्पनीहरूलाई पानी राम्रोसँग शुद्धीकरण गरेपछि मात्रै आपूर्ति गर्न पनि आफूहरूले भनेको प्रमुख अधिकारीले बताए।

हैजाका लक्षण के हुन्र
डा. दासका अनुसार बिरामीअनुसार सामान्यतया दुई घण्टादेखि पाँच दिनभित्र हैजाका लक्षण देखिने गर्छ।

यद्यपि कसैकसैलाई लक्षण नदेखिन सक्ने पनि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीका अनुसार हरेक १० जनामध्ये एकजना बिरामीमा हैजाको गम्भीर लक्षण देखिन सक्छ।

केही लक्षण यस प्रकारका छन् :

पातलो दिसा हुने
बान्ता हुने
तिर्खा लागिरहने
खुट्टा बाउँडिने
थकान लाग्ने वा चिढिने

प्रतिक्रिया