मक्कामदिना जान लागेका हजयात्रीलाई गृहमन्त्री खाणले गरे बिदाइ


काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन्।

यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाकाे काेटामध्य शुक्रबार बिहान अन्तिम टाेली हज गर्नका लागि त्यसतर्फ गएकाे हाे। हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए।

उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने विश्वास व्यक्त गरे। हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितकाे उपस्थिति थियाे।

असार ६ गतेदेखि एयर अरेबियाकाे हवाइजहाजबाट नेपाली टाेली हज गर्न गइरहेकाे थियाे। नेपालबाट हजयात्रामा जाने टाेलीकाे साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ। महावाणिज्यदूतावासबाट १० जनाकाे स्वयमसेवककाे टाेली हजयात्रीकाे व्यवस्थापनका लागि खटिएको छ।

टाेलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपाेर्ट टीम सहभागी छ। हज यात्रा गरेर प्रत्येक टाेली ३४ दिनपछि नेपाल फर्कनेछ।

मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन्।

प्रतिक्रिया