एसपीपी अघि नबढाउने नेपालको निर्णयको चीनद्वारा स्वागत


काठमाडाैं – विवादित अमेरिकी स्टेट पार्टरसिप प्रोगाम (एसपीपी) अघि नबढाउने नेपाल सरकारको निर्णयप्रति छिमेकी देश चीनले स्वागत गरेको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालको निर्णयको स्वागत गरेका हुन् ।

मित्रवत र नजिकको छिमेकीका रुपमा चीन नेपाल सरकारको फैसलाको सराहना गर्दछ’, नेपालबारे सोधिएको प्रश्नमा उनले भने, ‘चीन सम्प्रभुता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको पक्षमा छ र नेपालको असंलग्न विदेश नीतिप्रति चीनको समर्थन छ ।’

उनले चीन नेपालसँग मिलेर क्षेत्रीय सुरक्षा, स्थिरता र साझा चासोमा विषयमा काम गर्न तयार रहेको पनि उनले बताए । उनले एसपीपीका सन्दर्भमा चीनको ध्यान गएको पनि स्पष्ट गरे । नेपालका विभिन्न राजनीतिक दल, सरकार, सेना र आम नेपालीले समेत एसपीपीलाई सैन्य गठबन्धनको एक हिस्साको रुपमा बुझेको पनि उनको भनाइ थियो ।

एसपीपीका सन्दर्भमा व्यापक विवाद भएपछि केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अब अघि नबढाउने भनि अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया