मन्त्री झाँक्री भन्छिन् – फाेहरकाे समस्या झनै विकराल बन्दैछ


काठमाडाैं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले फोहरको समस्या झनै विकराल बन्दै गएको बताइन् । आज बिहीवार काठमाडाैंमा टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन् ।

उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। फोहर गर्नेसँगै रकम उठाएर फोहरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने मन्त्री झाँक्रीले बताइन् । उनले भनिन्, ‘फोहर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक छ।’

इक्षुमती वा तुखुचा (अपभ्रंस टुकुचा) खोला काठमाडाैंको मध्य भागबाट बग्ने गर्छ । तर अव्यवस्थित सहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ । ट्रिटमेन्ट प्लान्ट बनाएपछि फोहर पानी प्रशोधन हुने र त्यसलाई बाग्मती नदीमा मिसाउने योजना रहेको छ ।

प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ । यसबाट एक लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ । यस परियोजनाअन्तर्गत घाटहरूको मर्मत र पुनस्थापना गर्ने कार्ययोजना छ ।

प्रतिक्रिया