सुर्खेतमा देखियो बर्डफ्लू


वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू देखिएको छ ।

वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालिएका टर्की जातका पंक्षीमा बर्डफ्लू देखिएको हो । बर्डफ्लू देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक बैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि टोली पठाइसकिएको छ । साथै त्यस वरपरको क्षेत्र सेनिटाइज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया