

बस दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

सप्तरी – सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।
घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुर्घटनापछि बसका चालक फरार भएका छन् ।यात्रुबाहक बस अनियन्त्रित भइ सडकभन्दा २० फिट तल खसेको प्रहरीको भनाइ छ ।

