गाउँमै पुगेर लागु औषधविरुद्ध सचेतना 


सुर्खेत – प्रहरीले जाजरकोटका सबै पालिकामा लागु औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । दुर्गम गाउँका विद्यालय तथा बस्तीमै पुगेर सचेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताए । यही क्रममा छुवाछुतविरुद्ध अभियान समेत सञ्चालन गरेको उनकाे भनाइ छ ।

बिहीबार कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम गरेकाे प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका छन् । सात पालिकामा चार सय ५१ भन्दा बढी विद्यालय छन् ।

प्रतिक्रिया