

माओवादी केन्द्रबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिदै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँने भएका छन् ।
बिहान ११ बजेबाट गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागिएको हो ।
प्रचण्डले यसअघि पनि देशभरका जनप्रतिनिधिलाई स्थानीय जनताको चाहनाअनुसार काम गर्न निर्देशन दिएका थिए । समाजवादको आधार स्थानीय तहबाट सुरु गर्नुपर्नेमा प्रचण्डको जोड रहँदै आएको छ ।

