नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नीशोक


काठमाडौं – नेपाल मजदूर किसान पार्टी (नेमकिपा) अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ। पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा बुधबार अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईंले जानकारी दिएका छन्।

२०१७ पुस १४ गते रामेछापमा जन्मिएकी प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मंसिर ११ गते विवाह भएको थियो। उनीहरुका दुई पुत्र रहेको गोसाईंले जानकारी दिए।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन्। उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ।

प्रतिक्रिया