

उपचार सेवा बन्द गर्ने दुर्गा प्रसाईँको चेतावनी

काठमाडाैं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए ।
उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरूले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए । सञ्चालक प्रसाईँले सरकारले ल्याएको बिमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए ।
उनले सरकारले अहिले स्वास्थ्य बिमामा छुट्याएको रकममध्ये ३ अर्ब बीएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पुर्याउने गरी उपचार दिने दिए ।
पत्रकार सम्मेलनमा बीएण्ड सी र नोबेल मेडिकल कलेजका प्रतिनिधिको उपस्थिति थियो ।

