मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुकाे प्रदर्शन


काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।

यसअघि हिजो सोमबार पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबारबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया