मौसमका कारण आन्तरिक उडान प्रभावित


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ ।

अन्तर्राष्ट्रियतर्फ विमान अवतरण भइरहे पनि आन्तरिकतर्फका गन्तव्यस्थलका विमानस्थल मौसमका कारण नखुल्दा उडान प्रभावित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिकतर्फ एउटा पनि उडान हुन नसक्दा विमानस्थलमा बिहानैदेखि यात्रुहरू रोकिएका छन् ।

प्रतिक्रिया