

छुट्टाछुट्टै सडक दुर्घटनामा परि तीन जनाको मृत्यु

बर्दिया – बर्दियाको बासगढी नगरपालिका–९ माछागढ चोक नजिकै गएराति बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ५१ वर्षिय दिल बहादुर के।सी रहेका छन् । उनको उपचारको क्रममा मेडीकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो ।
गएराति साढे ९ बजे सुदुर पश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जानकारी दिएको छ ।
त्यस्तैगरी । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाट पुल नजिक आज बिहान सवारी साधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ । आज बिहान ५ बजे नम्बर नखुलेको सवारी साधने ठक्कर दिदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटना पश्चात् सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी पाँचखालले जनाएको छ ।
त्यस्तैगरी । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतिय नागरिक ३० वर्षीय उज्जल सिंह रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज अफ साईन्स भैरहवामा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय सिराज अहमद मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
भारतिय नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

