आईजी नियुक्ति विवादबारेको मुद्दा आज पहिलो नम्बरमै !


काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आज (आइतबार) पहिलो नम्बरमै परेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि साउन ३० गते नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर आजका लागि सुनुवाइको मिति तोकिएको हो ।

प्रतिक्रिया