अब कर्मचारीले भन्सार एजेन्ट बन्न नपाउने !


काठमाडौं – कर्मचारीले भन्सार एजेन्ट बन्न नपाउने भएका छन् । बहालवाला कर्मचारीलाई पनि भन्सार एजेन्ट बन्न दिने मनसायसहित अर्थले मागेको रायमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विमतिपछि एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका हुन् ।

मन्त्रालयको रायपछि भन्सार विभागले एजेन्टको परीक्षामा नाम निकालेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने विभागले जनाएको छ । भन्सार विभागले सूचना प्रकाशित गर्दै कर्मचारीले दोहोरो सुविधा नपाउने जनाकारी दिएको हो । बहालवाला कर्मचारीले दोहोरो सुविधा लिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको थियो ।

विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट नियुक्त गर्न वैशाख १७ गते लिएको परीक्षामा सयौँको सङ्ख्यामा सरकारी कर्मचारी नै सहभागी भएको अनुमान विभागको छ ।

झिई रहेको भन्दै भइरहेको चौतर्फी आलोचनालाई नजरअन्दाज गर्दै वैधानिक लाइसेन्स दिनका लागि लिखित परीक्षामै सहभागी हुन दिनु नै गलत थियो ।

प्रतिक्रिया