वायु प्रदुषणका कारण दक्षिण एसियाली मानिसको जीवन पाँच वर्ष घटेको अध्ययनको खुलासा


काठमाडाैं – वायु प्रदुषणका कारण मानव जीवन संकटमा परिरहेका बेला एक चिन्ताजनक अध्ययन रिपोर्ट सार्वजनिक भएको छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले गरेको अध्ययनअनुसार क्रोनिक एयर पोलुसनका कारण विश्वमा मानिसको आयु २ वर्ष घटेको छ । यता दक्षिण एसियामा मानिसको आयु पाँच वर्ष घटेको छ ।

वायु प्रदुषणका कारण हुने जोखिम एचआईभी एड्स र आतंकवादभन्दा पनि निकै बढी रहेको अध्ययनले देखाएको छ । हालै प्रकाशित एयर क्वालिटी लाइफ इन्डेक्सका अनुसार विश्वका ९७ प्रतिशत मानिस जहाँ वायु प्रदुषणको अवस्था नाजुक छ , त्यहाँ बस्छन् ।

सन् २०१३ पछि विश्वमा भएकाे वायु प्रदुषणको कारणको ४४ प्रतिशत हिस्सा भारतको छ । उता चीनले भने वायु प्रदुषण नियन्त्रण युद्धस्तरमा गरेको छ । एजेन्सी

प्रतिक्रिया