स्वदेश फर्कियो नेपाली टोली


काठमाडौं – कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागि भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ । चीनमा आयोजना हुने एसियनकपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन् । तीन महिनाको बिदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन् । तीन खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन । सन्तोषजनक प्रदर्शन गर्न नसकेको नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए । केही सिनियर खेलाडी विना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरुआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए ।

‘टिममा प्रायजसो नयाँ भाइहरु रहेका छन् । उनीहरुको प्रदर्शन चित्त बुझ्दो छ । विवाद नेपालमा भए पनि भ्रमण गरिसके पछि विर्सियौं । केही सिनियर खेलाडी बिना जाँदा सुरुआतमा नयाँ खेलाडीले डराएको जस्तो प्रदर्शन गरे । तर निरन्तरको अभ्यास पछि उनीहरुमा पनि आत्मबल बढ्यो ।’ श्रेष्ठले भने ।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित १० सिनियर खेलाडी बिना भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवि खेलाडीको अभाव महसुस भएको बताए ।

‘भइरहेका खेलाडी टिममा नपर्दा केही फरक त परिहाल्छ । नयाँ खेलाडीले राम्रो खेलेर प्रमाणित त गरे तर अनुभवि खेलाडी टोलीमा भएको प्रदर्शन अलि राम्रो हुन्थ्यो । कठिन समूह अटाएका हामीले अनुभवि खेलाडी भएको अवस्थामा नतिजा केही फरक हुने अनुमान गर्न सकिन्छ ।’ चेम्जोङले भने ।

यस्तै नेपाली टोलीका सदस्य पुजन उपर्कोटीले युवा टोलीसहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए । उता ४० वर्ष पछि नेपालले कुवेत विरुद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरुङले बलियो टोलिविरुद्ध गोल गर्न पाउँदा खुसी लागेको बताए ।

छनोट प्रतियोगिताभर नेपालले कुल १३ गोल खाँदा एक गोल फर्कायो । पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । फिफा वरियतामा नेपालमा भन्दा धेरै माथि रहेको कुवेतविरुद्ध नेपालले चार गोल खाँदा एक गोल इन्जुरी समयमा गोल फर्काएको थियो । उक्त गोल नेपाली कुवेतविरुद्ध करिब चार दशकपछि फर्काउन सफल भएको थियो । एकमात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरुङले गरेका थिए । लगातार दुई खेलमा पराजय पश्चात एएफसी एसियनकपको सम्भावन टरेको नेपाली टोलीले अन्तिम खेलमा इन्डोनेसियासँग खेलेको थियो ।

उक्त खेलमा नियमिति कप्तात नवयुग श्रेष्ठको स्थानमा पुजन उपकोटीले कप्तानको जिम्मेवारी लिएका थिए । सोही खेलमा नेपालले लज्जास्पद हार भोगेको थियो । ७–० को फराकिलो हारसँगै छनोटको भ्रमण सकाएको थियो ।

प्रतिक्रिया