

आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति ?
काठमाडौँ – अघिल्ला दिन निरन्तर ओरालो लागेको सुनचाँदीको मुल्य आज (मंगलबार) रोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।
बढेको मूल्यसहित मंगलबार को लागि सुनको मुल्य तोलाको ९२ हजार ८०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९२ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९२ हजार ३०० पुगेको छ । हिजो ९१ हजार ७०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

