

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौँ- कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ। फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो।
हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन्। मुफ्ताहले नै यो पोस्टर डिजाइन गरेकी हुन्।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ।

