
आदर्श लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं- आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयरका लागि पनि सर्वसाधारणसँग आवेदन माग गरेको हो।
आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङस नेपालले लघुवित्तलाई ‘केयर एनपी सिंगल बि प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।



कागजपत्र |
