मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्न सांसद बस्नेतको माग


काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कारबाहीको माग गरेका छन् ।

उनले भने ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’६० प्रतिशत किसान भएको मुलुक नेपाल भएकोले कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’

फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं रु भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उनको सुझाव छ ।

प्रतिक्रिया