

हेटौंडा पुगे मेयर बालेन र उपमेयर सुनिता, मानवसेवा आश्रमको कार्यालय अवलोकन

हेटौंडा – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उप-प्रमुख सुनिता डंगोल प्रदेश राजधानी हेटौंडा पुगेका छन् ।
सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन उनीहरु हेटौंडा गएका हुन् ।
दुईदिनसम्म प्रदेश सरकारले प्रदेशभित्रका सम्पूर्ण जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन विधिबारे अभिमुखीकरण तालिम दिने कार्यक्रम रहेको छ ।
उक्त अवसरमा प्रमुख शाह र उपप्रमुख डंगोलले संयुक्त रूपमा हेटौंडास्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको अवलोकन भ्रमण पनि गरेका छन् ।
यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।

