

देशभर थप ४८८ संक्रमित, १० जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५८ हजार ९६८ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९२७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ ।

