काठमाडौं महानगरको कार्यपालिका बैठक जारी


काठमाडौं – काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक जारी रहेको छ । महानगरका मेयर बालेन्द्र शाहको अध्यक्षतामा जारी कार्यपालिका बैठक बिहान ९ बजेबाट सुरु भएको बैठकमा महानगरका सबै वडाका वडाध्यक्षहरुको सहभागीता रहेको छ ।

कार्यपालिकाको बैठकमा मेयर बालेनले आजका प्रस्तावहरु सुरुमै पेश गरेका थिए । त्यसपछि सबै वडाका वडाध्यक्षहरुले आ–आफ्नो भनाई राखेका थिए ।

वडाध्यक्षहरुले फोहोर व्यवस्थापनमा मेयर शाहको प्राथमिकताको प्रशंसा गर्दै महानगरमा रहेका विभिन्न साधनहरु पूर्ण प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।

कार्यपालिकाको यस बैठकपछि महानगरले प्रत्यक्ष प्रशारण गरेको छ ।

 

प्रतिक्रिया