


प्रधानसेनापति अध्ययन केन्द्रमा, प्रधानमन्त्री ओलीको अनौठो झुकाव!

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवस तथा वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म दिनको अवसरमा अनौठो झुकाव देखाएका छन्।
कम्युनिस्ट विद्रोहबाट गणतन्त्रसम्म आएका प्रधानमन्त्री ओलीले यस पटक पृथ्वीनारायण शाहको तस्बिरमा भावनात्मक झुकाव देखाएका छन्। जबकि, पृथ्वीजयन्ती नमनाउने प्रचलन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला निर्णय भएको थियो।
‘देशका निम्ति यो भन्दा शालिन र भद्रता केही पनि हुँदैन, पृथ्वीनारायण शाहको आजको सान्दर्भिकतालाई प्रधानमन्त्री ओलीले पुष्टि गर्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो।
पृथ्वीजयन्तीका अवसरमा नेपाली सेनाले पनि पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयमा बनाइएको पृथ्वीनारायण शाहको प्रतिमा अनावरण र सम्मान गर्दै, अध्ययन केन्द्रको उद्घाटन गरेका थिए।

