निर्वाचन आयोगलाई ‘धम्क्याउन’ बहादुर भवन जाँदै प्रचण्ड–नेपाल


काठमाडौं– सरकारले घोषणा गरेको १७ र २७ वैशाखको मध्यावधि चुनावलाई लक्षित गरी आफ्ना काम अगाडि बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीइतरको समूह निर्वाचन आयोग जान लागेको हो।

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकताको विवाद रहेकै बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रक्रिया अगाडि नबढाउनका लागि ‘धम्की दिनेगरी’ निर्वाचन आयोगको कार्यालय बहादुर भवन जान लागेका हुन्।

न्यायीक निरुपण नभइसकेको विषयलाई प्रभावित बनाउन लागेको र निर्वाचनको तयारी गरेको भन्दै प्रचण्ड–नेपालले निर्वाचन आयोगका पदाधिकारीलाई प्रक्रिया रोक्न भन्नेछन्।

नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन भएपछि नयाँ निर्वाचनको घोषणा भएको छ। निर्वाचनको तयारीअनुसार सुरक्षा निकाय पनि सक्रिय भइसकेका छन्।

प्रतिक्रिया