


प्रचण्ड–नेपाल पक्षलाई निर्वाचन आयोगले भन्यो– चुनावसम्बन्धी कार्यक्रम रोकिँदैन

काठमाडौं– निर्वाचन आयोगले चुनावसम्बन्धी तयारीका कार्यक्रम नरोकिने जनाएको छ। नेकपा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधरले सोमबार निर्वाचनका कार्यक्रम रोक्नका लागि गरेको आग्रहलाई अस्वीकार गर्दै आयोगको निष्पक्षतामाथि शंका नगर्न सुझाव दिएको थियो।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधिन अवस्थामा नै रहेको अवस्थामा अहिले निर्वाचनको तयारी राम्रो नहुने भन्दै कार्यक्रम रोक्न आयोगका पदाधिकारीसँग प्रचण्ड–नेपालको आग्रह थियो।
सरकारले घोषणा गरेको १७ र २७ वैशाखको मध्यावधि चुनावलाई लक्षित गरी आफ्ना काम अगाडि बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीइतरको समूह निर्वाचन आयोग पुगेको थियो।

