अमेरिका फेरि गोलीकाण्ड : मेरिल्याण्डमा तीन जनाको मृत्यु


काठमाडौं – अमेरिकामा फेरि गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।

एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् ।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड-१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएको बताइएको छ ।

यो वर्ष देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एकसय १० गोलीकाण्ड भएका छन् ।

प्रतिक्रिया