नेपाल-अमेरिकी पर्वतारोहीले गरे देनाली हिमालको सफल आरोहण


काठमाडाैँ- नेपाल-अमेरिकी पर्वतारोहीको एक समूहले देनाली हिमालको सफल आरोहण गरेका छन्। नेपाली र अमेरिकी पर्वतारोहीहरू सम्मिलित युएस-नेपाल फ्रेन्डशीप टिमले आज बिहान देनाली हिमालको सफल आरोहण गरेका हुन्।

उनीहरूले अमेरिका-नेपाल मित्रताको झन्डा उत्तर अमेरिकाकै अग्लो पर्वतको चुचुरोमा फहराए।देनाली हिमाल आरोहण गर्नुअघि सो टिमले नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्षगाँठ मनाउने क्रममा सगरमाथाको चुचुरोमा पनि मित्रताको सो झन्डा फहराएको थियो।

मिंमा शेर्पा, छाङदावा शेर्पा, कर्मा छिरिङ, कर्मा ग्याला शेर्पा, पासाङदावा शेर्पा, जाङ्बु शेर्पा,मार्कले हिमाल आरोहण गरेका हुन्। यीमध्ये मिंमा शेर्पा ८ हजारभन्दा माथिका १४ वटा चुचुरोको सफल आरोही पनि हुन्।

प्रतिक्रिया