
ट्राफिक प्रहरीले भन्यो : पृथ्वीराजमार्गमा भासिएको सडक तत्काल बन्दैन, यातायात सञ्चालनमा आउने सम्भावना छैन
काठमाडौं। तनहुँको आबुखैरेनी गाउँपालिका ४ डम्पीमा भासिएर अबरुद्ध भएको सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ। अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा रहेको प्रहरीले जानकारी दिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
बिहान ५ बजे सडक भासिएर मस्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन अबरुद्ध भएको छ। सडक भासिएपछि सवारी साधनलाई पोखरा र मुग्लिङमै रोक्न लगाइएको छ।
सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिङतर्फ जादै गरेको कार अन्दाजी २०० मिटर तल खसी मस्याङदी नदिको खोचमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।



कागजपत्र |
