धनगढीबाट डोटी गइरहेको हायस डडेल्धुरामा दुर्घटना, ९ जना घाइते


काठमाडाैं – डडेल्धुरामा हायस दुर्घटना भएको छ ।

बुधवार धनगढीबाट डोटी गइरहेको हायस केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सुप प्र ०१००१ ख ३१०९ नम्बरको हायस दुर्घटनामा परी ९ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । तीमध्ये गम्भीर घाइते भएकी कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ ।

अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भई अनियन्त्रित भएर हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

प्रतिक्रिया