अर्थ मन्त्रालयद्वारा सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन


काठमाडौं – अर्थ मन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको सुझाव समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्र बैङ्कबाट १र१ जना प्रतिनिधि रहने छन् ।

पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अङ्कसम्म पुगेको सेयर बजार करिब २ हजार अङ्कमा झरिसकेको छ ।

प्रतिक्रिया